सुनसरीको गढिमापनि कोरोना,नेपालभर ३७५ पुग्यो
प्रेम गिरि/सुनसरी
सुनसरीको गढि गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ। यो सगै नेपालमा संक्रमितहरुको संख्या ३७५ पुगेको छ ।
तराइ का जिल्ला मध्ये कोरोना को संक्रमण देखिन बाँकी रहेको सुनसरीमा पनि कोरोना भाइरसको संक्रमित भेटिएका छन ।
सुनसरी जिल्लाको गढी गाउपालिकाका एक व्यक्तिमा आज कोरोना संक्रमण देखिएको हो । यसअघि आज दिउँसोसम्म ६२ जनामा कोरोनाभाइरसको सक्रमण पुष्टि भएको थियो । योसँगै सोमबार एकै दिन सर्वाधिक ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
केही दिन अघि भारतबाट आएका उनको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरी, दैलेख ,झापा , खोटाङका १ १, धनुषाका २ र दैलेखका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।