Logo
१० मंसिर २०८१, सोमबार
(May 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री राई भन्छन्-‘भीम आचार्य कामरेडले तनाव नलिए हुन्छ, म पुरै कार्यकाल चलाउँछु’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कसैले भन्दैमा वा चाहँदैमा आफू मुख्यमन्त्री पद नछाड्ने बताएका छन् । ‘केहि कामरेडहरुले तनाव नलिए हुन्छ, म पुरै कार्यकाल सरकार चलाउँनेछु’ नागरिक टाइम्सको विशेष संवाद Live मा बोल्दै उनले भने- ‘आफूले संवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री बनेकाले कसैले चाहाँदैमा त्यस्तो हुने होइन ।’

प्रधानमन्त्री केपि शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडीलाई केहि कामरेडहरुले तोड्ने प्रयास गर्दैमा त्यो न तुट्ने भन्दै राईले भने -‘ओलीको नेतृवमा देश समृद्ध बन्नेछ, प्रचण्ड कामरेको नेतृत्वमा नेकपा समृद्ध हुनेछ र मेरो नेतृत्वमा प्रदेश एक समृद्ध हुनेछ ।’

यसैबीच उनले आफ्ना प्रदेशका किसानका लागि आफ्नो सरकारले ठूलो राहत प्याकेज घोषणा गर्न लागिएको बताए । उनले प्रदेश १ लाई चाँडै नै कोरोना ग्रिन प्रदेश बनाउने घोषणा समेत गरेका छन् ।

‘हाम्रो ध्यान नै यतिबेला सिमा क्षेत्रमा रहेको छ ।’ उनले भने -‘तर कोही पनि नेपालीलाई दुरब्यवहार हुन दिइने छैन, सुरक्षित त्वरबाट सम्मानका साथ स्वदेश ल्याइनेछ । विदेशबाट आउने नेपालीलाई समेत सम्मानका साथ हामिले आफ्नै प्रदेशमा रोजगार दिनेछौं ।’

उनले भने -‘हामिले सबैको वैदशिक रोजगारमा रहेका र फर्कोका सबैको रेकर्ड राख्न वेब पोर्टल बनाउँदै छौ विदेशबाट आउने सबैको रेकर्ड राख्नेछौं ।’

उनले भने -‘ठूला-ठूला PCR मेसिनहरु हामि ल्याँदैछौं । दैनिक हजारौंको परिक्षण गराउने छौं । आहिले हामि सम्पुर्ण शक्ति कोराना नियन्त्रण र जनतालाई सुरक्षित बनाउनमा लागाएका छौं । साना सहकारी र बित्तिय संस्थाका लागि पनि राहत आउने छ ।’

चीनको तिब्बत सरकारको सहयोगमा ठूला ठूला २ ओटा पिसिआर मेसिन प्रदेश १ मा आउन लागेको उनले बताए ।

उनीसंगको कुराकानी जस्ताको त्यस्तै :

प्रकाशित मिति: May 18, 2020

प्रतिक्रिया दिनुहोस्