Logo
९ पुस २०८१, मंगलबार
(May 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

संघीय सरकारले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार मन्त्रिपरिषद्‍ बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको हो ।

सोमबारदेखि लकडाउनको अवधि समाप्त हुँदैछ । साथै अब कोराइन्टाइनबा बस्दा उनीहरुलाई रोजगार पनि दिने विषयमा छलफल चलेको उनले बताए ।

आइतबारै बसेको कोभिड(१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार नै कोरोना संक्रमणका कारण देशमा दोस्रो व्यक्तिको मृत्यु भएको छ ।

सिन्धुपाल्चोककी २९ वर्षिय महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । आइतबार लकडाउनको ५५ औं दिन पुगेको छ ।

तर, कोरोना संक्रमण झन् बढिरहेको छ । आइतबारसम्म देशमा कोभिडका २ सय ९५ संक्रमित देखिएका छन् । लकडाउनका कारण ठूलो दुर्घटनाबाट बचेको भन्दै समितिले लकडाउनको विकल्प नभएको निष्कर्ष निकालेको थियो ।

छिमेकी भारतले पनि आइतबार नै लकडाउन २ साताका लागि थप गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: May 17, 2020

प्रतिक्रिया दिनुहोस्