Logo
१५ पुस २०८१, सोमबार
(May 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट मृत्यु भएकी महिलाको पशुपति विद्युतीय शवदाह गृहमा दाहसंस्कार

कोरोनाभाइरस (कोभिड १९) बाट मृत्यु भएकी बागमती प्रदेश स्थित सिन्धुपाल्चोकको बाह्रविसे-९ स्थित चालिसे गाउँकी महिलाको दाहसंस्कार गरिएको छ । नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टिका लागि पशुपति पुर्याएका थिए ।

सुरक्षाका उपाय अपनाउँदै कार्यविधिअनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहितको टोलीले शव अन्त्येष्टिको लागि लगिएको हो । शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो ।

९ दिने सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरिसकेको छ । कोरोनाबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।

 

प्रकाशित मिति: May 16, 2020

प्रतिक्रिया दिनुहोस्