Logo
७ पुस २०८१, आईतबार
(May 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको लक्षण देखिएकी सुत्केरी महिलाको मृत्युपछि धुलिखेल अस्पताल सिल गरियो

कोरोना संक्रमणको आशंका गरिएको एक विरामीको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ ।

धुलिखेल अस्पतालले विरामीमा कोरोना संक्रमण भए/नभएको प्रतिवेदन आउन बाँकी रहेको जनाएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेको ३० वर्षीय सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल आज विहान सिल गरिएको हो ।

शिक्षण अस्पताल काठमाडौंमा आठ दिन अघि सुत्केरी भएकी घर फर्केपछि ति महिला विरामी परेकी थिइन् ।

उनमा कोरोना संक्रमण मिल्दो लक्षण देखिएपछि केही दिन अघि धुलिखेल अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

विरामीको मृत्यु भएपछि उनको स्वाब परीक्षण अघि बढाइएको छ ।

प्रकाशित मिति: May 16, 2020

प्रतिक्रिया दिनुहोस्