Logo
४ आश्विन २०८१, शुक्रबार
(May 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिम्पियाधुरासम्म समेटेर नेपालको नक्सा सार्वजनिक गरिनेछ : राष्ट्रपति

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने जनाएको छ ।

नीति तथा कार्यक्रम मार्फत् सरकारले नेपालको छुटेको भूमि समेटेर नक्सा सार्वजनिक गरिने घोषणा गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपालको नक्सा सार्वजनिक गरिने बताएकी हुन् । “लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो”, उनले भनिन् ।

विवादित भूमिबारे कुटनैतिक छलफल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । छुटेको भूमि समेत राखेर नेपालको नक्सा जारी गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति: May 15, 2020

प्रतिक्रिया दिनुहोस्