Logo
३० कार्तिक २०८१, शुक्रबार
(May 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्‍मा राष्ट्रपति स्वागतको भब्य तयारी : स्वागतमा कमी नहोस् भनेर बिहीबार नै ‘रिहर्सल’

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गर्नुहुने सरकारको नीति तथा कार्यक्रमको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार पूर्वतयारी अभ्यास गरिँदै । समारोहमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी ।

सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई भब्यताका साथ संसद् भवन ल्याउने तयारी गरेको छ । शुक्रबार चार बजे सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसद्‍मा प्रस्तुत गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको (प्रतिनिधिसभा र राष्ट्रियसभा) संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

संसद् सविचलायले राष्ट्रपतिको स्वागतमा कमी नहोस् भनेर बिहीबार नै ‘रिहर्सल’ गरिसकेको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

बजेट आउनु १५ दिनअघि नै प्रिबजेट छलफल सकिसक्नुपर्ने व्यवस्था छ । जसअनुसार वैशाख ३१ गते अर्थात् बुधबार नै प्रिबजेट छलफल सकिएको थियो । पीसीआर परीक्षण गराएका संसदहरुलाई मात्र बैठकमा प्रवेश पाउनेछन् ।

संसद सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले यसवर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दा विगतको भन्दा भिन्न हुने बताए । सामाजिक दुरी कायम गर्नुपर्ने हुँदा दर्शकदीर्घामा समेत सांसदहरुनै बस्ने उनले जानकारी दिए ।

अघिल्लो वर्ष सांसदहरुबाहेक मन्त्रालयका सचिव, संवैधानिक निकायका सदस्यहरु, राजदूत, कूटनीतिक नियोगका प्रतिनिधि, सञ्चारकर्मी, दर्शक गरी करिब ६ सयको उपस्थिति रहे पनि यसपटक त्यस्तो नहुने भएको छ ।

धमलाका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत हुँदा यसपाली करिब ३०-३२ जना मात्र विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् ।

प्रकाशित मिति: May 14, 2020

प्रतिक्रिया दिनुहोस्