Logo
९ पुस २०८१, मंगलबार
(May 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब काठमाडौं आउनेहरुको अनिवार्य आरडीटी परीक्षण गर्ने सरकारको निर्णय

गृहमन्त्रालयमा बिहीवार बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सबै नाकाबाट काठमाडौं प्रवेश गर्नेहरूको अनिवार्य आरडीटी परीक्षण गर्ने निर्णय गरेको छ  ।

आज गृहमन्त्रालयमा बसेको बैठकको निर्णय अनुसार अब र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणविना काठमाण्डौ प्रवेश गर्न नदिने भएको छ ।

बाहिरी जिल्लीबाट राजधानी भित्रिएकाहरूमा कोरोना पोजेटिभ पाइन थालेपछि सरकारले त्यसमा कडाइ गर्नुका साथै अत्यावश्यक कामले राजधानी प्रवेश गर्नेहरूको परीक्षण गर्ने निर्णय गरेको हो ।

यसका साथै राहत वितरणलाई पनि व्यवस्थित बनाउने निर्णय बैठकले गरेको छ ।विशेषगरी तराईका जिल्लाहरूमा पछिल्लो समय कोरोना संक्रमितहरूको संख्या बढिरहेको छ ।

प्रकाशित मिति: May 14, 2020

प्रतिक्रिया दिनुहोस्