सरकारलाई पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतको आदेश
अहिलेको बर्तमान समयमा नेपालमा पनि कोरोना संक्रमित बढ्दै गइरहेको अवस्थामा सर्वोच्च अदालतले तत्कालै कोरोेना परीक्षणको दायरा दायरा बढाउन सरकारलाई आदेश दिएको छ ।
सर्वोच्च अदालतले कोभिड(१९ महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन भनेको हो ।
अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
कोभिड-१९ सँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन भनेको छ ।