सांसद बिकास कोषलाई कोरोना कोषमा परिणत गर्नु पर्दछ – सांसद रामकुमारी चौधरी
संसदमा अर्थ मन्त्री युवराज खतिवडा द्वारा प्रस्तुत विनियोजन विधेयक ,२०७७ का सिध्दान्त र प्राथमिकतामा सुझाव दिने क्रममा सांसद राम कुमारी चौधरीले सांसद बिकास कोषमा छुट्टाउदै आएको रकम कोरोना कोषमा लगाउनु पर्ने सुझाएकी छिन । कोभिड १९ ले विश्व भरी नै मानव जाती लाई बिनास गर्ने गरि महामारी फैलीरहेको सन्दर्भमा नेपाल सरकारको तयारीमा भने अपुग रहेको
बताइन् ।
अहिले नेपाल सरकारले कोरोना परिक्षण एक दिनमा १८०० जनाको दरले मात्रै गरि रहेको र अहीलेकै गतीमा मात्रै परिक्षण गरे ३ करोड नेपाली लाई परिक्षण गर्न ४६ बर्ष लाग्ने सांसद चौधरीले बताईन । तेसैले तिब्र गतीमा परिक्षण गर्नु पर्ने आवश्यक रहेको बताईन । अहीलेको कोरोना संकटमा सहयोग नगर्ने निजि अस्पतालहरु लाई सरकारीकरण गर्नु पर्ने बताईन ।
आउदो आर्थिक बर्षमा बिलासीताका बस्तुहरु किन्नमा सबै नेपालीहरु लाई रोक लगाउनु पर्ने बताईन । भएको पुजी लाई कृषि , उधयोग कलकारखानामा लागानी केन्द्रित गर्नु पर्ने सुझाएकी छिन । परम्परागत बजेट बिनीयोजन प्रणाली लाई ब्रेक गरि समाजबाद उन्मुख प्रणालीमा गर्नु पर्ने बताईन ।