Logo
७ पुस २०८१, आईतबार
(May 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालापानी क्षेत्रको लागि सशस्त्र प्रहरी बोकेको हेलिकप्टर उड्यो, बीओपी आज स्थापना हुने

सुदूरपश्चिम प्रदेश स्थित दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डरमा बीओपी स्थापनाको लागि सशस्त्र प्रहरी बोकर हेलिकप्टर उड्यो सो बीओपीआज स्थापना हुँदैछ ।

कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाका लागी दार्चुलाको खलंगाबाट प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोलीसमेत आजै छाङरु पुग्ने जनाइएको छ ।

नेपाली सेनाको हेलिकप्टर मार्फत गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा डा ईन्द्रजित राई र सशस्त्र प्रहरी वलका एआईजी नारायणबाबु थापा समेत दार्चुला उडेका हुन् ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्नेगरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्ग्रुमा सशस्त्र प्रहरीको बीओपी राख्ने निर्णय गरेको हो ।

गएको बर्षको मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय हुनु पर्नेमा ढिलाइ भएको हो ।

 

प्रकाशित मिति: May 13, 2020

प्रतिक्रिया दिनुहोस्