Logo
४ आश्विन २०८१, शुक्रबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनका कारण नेपाल टेलिकमको आम्दानी घट्यो

पूर्णसरकारी स्वामित्वको नेपाल टेलिकमको आम्दानी खुम्चिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण नेपाल टेलिकमको आम्दानी ६७ करोड रुपैयाँले घटेको हो ।

नेपाल टेलिकमले ०७५ चैत मसान्तमा सेवा वापतको कूल आम्दाी २७ अर्ब ५० करोड ६० लाख रुपैयाँ थियो । ०७६ असार चैत मसान्तमा ६७ करोड रुपैयाँले घटेर सेवा वापतको कूल आम्दानी २६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँमा खुम्चिएको टेलिकमले जनाएको छ ।

२०७५ चैत १ गतेदेखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको र कमिसन कूल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवा वापतको आय घटेको हो ।

यो आर्थिक वर्षको तेस्रो त्रैमासम्म उक्त डिस्काउन्ट रकम कूल ८५ करोड ३३ लाख ४४ हजार रुपैयाँ रहेको टेलिकमले जनाएको छ । यसरी चालु आवको तेस्रो त्रैमाससम्मको कूल आयमा माथि उल्लेखित डिस्काउन्ट पनि सम्मिलित गर्दा कूल आय गत आवको सोही अवधिको तुलनामा करिब १८ करोड रुपैयाँले बढी हो ।

त्यसैगरी, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि चैत ११ गतेदेखि घोषणा गरिएको लकडाउनको कारणले चैत महिनाको राजस्वमा नकारात्मक असर परेको छ । लकडाउनको अवधिमा चैत २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको १०० प्रतिशत बोनस रकम कूल ५३ करोड ४ लाख बराबरको हुने तर सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई ५ कारोड ३ लाख बराबरको जिरो व्यालेन्स प्याकेज प्रदान गरिएको छ । त्यस्तै, मोबाइल सेवाको आधारभूत दरमा २७ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । जुन ८ करोड २ लाख बराबरको भएको टेलिकमले जनाएको छ ।

यसरी लकडाउनको कारण कम्पनीको आयमा कूल ६६ करोड ९ लाख बराबरको नकारात्मक असर परेको छ । यस बाहेक कम्पनीले कोरोना राहत कोषमा१० करोड योगदान गरेको छ ।

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्