Logo
७ पुस २०८१, आईतबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको निर्देशनपछि फेरि लकडाउन कडा पारिने : ओली भन्छन्-‘भारतको नियत ठीक छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि काठमाडौं फेरी लकडाउन कडा हुने भएको छ । आइतबारदेखि सरकारी कार्यालय र बैंक वित्तय संस्थाहरु सञ्चालमा आएपछि उपत्यकाको लकडाउन केहि खुकुलो भएको थियो ।

तर, आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको अवस्थालाई लकडाउन भन्न नमिल्ने भन्दै कडा रुपमा प्रस्तुत भएका थिए ।

साथै प्रधानमन्त्री ओलीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार उपत्यकामा लकडाउन कडा पार्ने तयारी भएको हो ।

आजै अपरान्ह उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बस्दै छ । बैठकले लकडाउन कडा पार्ने बारे छलफल हुने भएको छ ।

प्रधानमन्त्रीले मान्छेले विरोध गरे, केही मिडियाले लकडाउनको विरोध गरे भन्दैमा महामारीसँग खेलाँची गर्न नहुने बताएका थिए ।

‘काठमाडौंमा लकडाउन छ र ?’ भन्दै आफ्नो कुरा राख्न थालेका प्रधानमन्त्रीको भनाई उदृत एक मन्त्रीले भने–‘यसलाई लकडाउन भनिँदैन । आर्थिक गतिविधि र व्यवसाय सिद्धिने भए भन्ने नाममा लकडाउन खुकुलो भएपछि कुनै अर्थ हुन्न । जीवन रहे अर्थतन्त्र पनि जोगिएला । सुनको बाक्सामा मान्छे राखेर के गर्नु, मरेपछि त सक्किगो नि ।’

त्यस्तै आज ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका नयाँ संक्रमितमध्ये पर्सामा ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

छिमेकी मुलुक भारतबाट आउनेहरुबाट नेपालमा कोरोना संक्रमणको भयावह अवस्था देखिन सक्नेबारे सरकार गम्भीर रहेको प्रधानमन्त्री ओलीले बताए ।

यसैगरी प्रधानमन्त्री ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताएका छन् ।सीमा समस्या समाधानका लागि सरकारले पटकपटक कुरा उठाउँदै आएको भएपनि भारतको नियत ठीक नभएको उनले बताए ।

‘हिजो मात्र भारतका लागि नेपाली राजदूतले (महाराष्ट्रका गभर्नर) भगतसिंह कोसियारीसँग कुरा गर्नु भएको थियो । उहाँले नमिल्ने कुराकानी गर्नु भएछ’ प्रधानमन्त्री ओलीले भनेका छन् ।’

काली नदी पूर्वको भूभाग नेपालको हो भन्नेमा प्रष्ट अडान रहेको र त्यसअनुसार भारतसँग वार्ता गर्ने प्रधानमन्त्री ओलीले बताएको एक मन्त्रीले जानकारी दिए । उनले सीमा समस्याको कूटनीतिक समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयंमले संसदमा उभिएर भारतले बनाएको सडकबारे सरकारलाई जानकारी थियो भनिरहेका प्रधानमन्त्री ओलीले भने यसबारे आफूलाई कसैले रिर्पोटिङ नै नगरेको गुनासो मन्त्रिपरिषद् बैठकमै गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक विवादबारे ब्रिफिङ गरेका थिए । यसबारे संसद र संसदीय समितिहरुमा भएको छलफलदेखि दलहरुले लिएको अडानबारे जानकारी गराएका थिए ।

लगतै प्रधानमन्त्री ओली झण्डै आधा घण्टा यसबारे बोलेको एक मन्त्रीले जानकारी लिए । उनले सुगौली सन्धिअनुसार काली नदी पूर्वको भूभाग नेपालको भएको बताए ।

तर कालापानी क्षेत्रमा सीमाको समस्या पुरानो भएको भन्दै उनले वि. सं. २०५५/०५६ अनेरास्ववियुका तत्कालीन अध्यक्ष योगेश भट्टराई र दीपक भट्टको नेतृत्वमा मार्चपास गरेको स्मरण गरेका थिए ।

प्रधानमन्त्रीले लिपुलेकमा भारतले सडक बनाएको पूर्व सूचना आफूसँग नभएको बताएका छन् । ‘सीडीओले रिर्पोटिङ गरेका थिए, के थिए भन्ने पत्रपत्रिकामा पढेँ । तर भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेनन्’ उनले भने ।

 

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्