Logo
७ पुस २०८१, आईतबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाद्वारा तिलोत्तमा राहत कोषमा २ लाख २० हजार २५० सहयोग

कोरोना संक्रमण रोकथाम गर्न तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले २ लाख २० हजार २५० सहयोग प्रदान गरेको छ ।

राहत रकमको चेक नगर कमिटी अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालले आज नगर प्रमुख वासुदेव घिमिरेलाई प्रदान गरेका छन् ।

त्यस अवसरमा अध्यक्ष चापागाईंले नगरका पार्टी सदस्यका तर्फबाट कोरोना रोकथाम गर्न नगरपालिकाको कोषमा सहयोग गरिएको जानकारी दिए ।

नेकपा तिलोत्तमा नगरमा क्रियाशील चार हजार ४०५ पार्टी सदस्यमध्ये प्रत्येकबाट  ५० प्रदान गरिएको नेकपा नगर कार्यालय सदस्य मीनप्रसाद पोखरेलले बताए ।

नगर प्रमुख घिमिरेले यसअघि नै राहत कोषमा रु ९५ लाख सहयोग प्राप्त भएको र तीन हजार आठ सय जनालाई राहत वितरण गरिसकिएको बताए ।

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्