Logo
३० कार्तिक २०८१, शुक्रबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय दूतावास अगाडि चर्को नारावाजी गरेपछि मानवअधिकारकर्मी कृष्ण पहाडी पक्राउ

मानव अधिकारकर्मी कृष्ण पहाडीलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय हस्तक्षेपको विरोधमा राजधानीको लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

यस्तै अधिकारकर्मी उत्तम पुडासैनी लगायत अरु एक दर्जन अधिकारकर्मीलाई पनि प्रहरीले पक्राउ गरेको छ। भारतीय हस्तक्षेपको बिरूद्धमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरेको शान्ति समाजका केन्द्रीय वरिस्ठ उपसभापति गोबिन्द खनालले जानकारी दिए ।

समाजले भारतीय हस्तक्षेपको विरोधमा सोमबार बुटवलमा पनि प्रदर्शन गरेको छ । भारतले नेपाली भूभाग लिपुलेक मिचेर सडक बनाएपछि नेपाल दिनहुँ भारतविरोधी प्रदर्शन हुँदै आएको छ ।

नेपाली भूमि लिपुलेकमा अतिक्रमण गर्दै भारतले एकलौटीरुपमा सडक निर्माण गरेपछि त्यसको विरोधमा नेपालमा विरोध प्रदर्शन जारी रहेको छ ।

विरोधका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लासमेत दहन गरिएको छ । मंगलबार विरोधको शृङ्खलालाई जारी राख्दै मानवअधिकार तथा शान्ति समाज नेपालले काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले लिपुलेक र कालापानी नेपालको भूमि भएको बताउँदै भारतले सीमा मिचेकोमा विरोध गरेका थिए । प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीलगायत एक दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले धनगढीमा विरोध प्रदर्शन गरेको छ । उनीहरुले नालायक सरकार मुर्दावाद, हाम्रो भूमी फिर्ता गर जस्ता चर्को नारा समेत लगाएका थिए ।

मनिष कुँवरले जनाएअनुसार नेविसंघले धनगढी पार्कमोडदेखि जिल्ला प्रशासन कार्यालय अगाडिसम्म नाराबाजी तथा विरोध प्रदर्शन गरेको थियो ।

 

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्