Logo
१० मंसिर २०८१, सोमबार
(May 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीका भट्टराईले सहयोग गरे पुर्व अर्थमन्त्री पाण्डेको क्षेत्रमा १२ हजार किलो चामल

सुनसरीको दुहबीका सुमन भट्टराईले पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा चामल सहयोग गरेका छन्। भट्टराई चितवन क्षेत्र नं १ मा १२ हजार किलो चामल राहतका लागि सहयोग गरेका हुन् ।
प्रतिनिधिसभा सांसद तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन १ मा भट्टराईले सहयोग गरेका हुन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका पाण्डेको पहलमा भट्टराईले १० केजिका १२ सय बोरा अर्थात १२ हजार किलो चामल राहतका लागि सहयोग गरेका हुन्। सांसद सुरेन्द्र पाण्डेका स्वकीय सचिव केशव कंडेलका अनुसार राप्ती नगरपालिका , खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकामा ४ सय बोराका दरले चामल हस्तान्तरण गरिएको छ । सहयोग गरिएको चामल भट्टराईले दुहबीबाट सोमबार चितवन पठाएका छन्। चामल सोमबार नै तिनवटा नगरपालिकालाई हस्तान्तरण गरिएको कंडेलले जानकारी दिए।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ। विगत लामो समयदेखि जारी लकडाउनका कारण गरिब ,विपन्न तथा मजदुरहरुलाई समस्या परेको भन्दै आफुले सक्दो सहयोग गरेको समाजसेवी भट्टराईले बताए। सरकारले एकद्वार नितिबाट राहत वितरण गर्ने निर्णय गरेकोले राहत स्वरुप सहयोग गरेको चामल नगरपालिकालाई हस्तान्तरण गरेको उनले बताए।

भट्टराईले यसअघि पनि ताप्लेजुङ, सुनसरी तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको निर्वाचन क्षेत्रमा खाद्य सामाग्री सहयोग गरेका थिए। त्यस्तै दुहबी नगरपालिकालाई राहतका लागि १ लाख नगद सहयोग गरेका थिए।

प्रकाशित मिति: May 11, 2020

प्रतिक्रिया दिनुहोस्