Logo
९ मंसिर २०८१, आईतबार
(May 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमित बढेसँगै कपिलवस्तुलाई जेठ ५ सम्म सिल गर्ने निर्णय

पछिल्लो समयमा कोरोनाको संक्रमण नेपालमा पनि बढ्दोक्रमा रहेको छ सो अवस्थामा प्रदेश नं ५ स्थित कपिलवस्तु जिल्लामा कोरोना भाइरसको संक्रमित बढ्दै गएपछि जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ ।

जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सर्तकता अपनाउँदै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।

कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् । स्थानीय प्रशासन ऐन २०२८ को ६९३० क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको छ ।

अब पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु नरोकिकन आउजाउ गर्न सक्नेछन् ।

 

प्रकाशित मिति: May 11, 2020

प्रतिक्रिया दिनुहोस्