Logo
३० कार्तिक २०८१, शुक्रबार
(May 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन खुकुलो पार्न सरकारका नाममा संसदीय समितिको निर्देशन

लकडाउनलाई क्रमशः खुकुलो पार्न संसदीय समितिले सरकारका नाममा निर्देशन जारी गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर परीक्षणलाई बढाउंदै लैजान र लकडाउन खुकुलो पार्न निर्देशन जारी गरेको हो । बैठकमा गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सहभागी थिए ।

राज्य व्यवस्था तथा सुशासन समितिले आइसोलेसन बेडहरु पर्याप्त मात्रामा निर्माण गर्न, स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्डअनुसार बनाउन र किसानहरुलाई मल तथा बीउबिजन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

विदेशमा अलपत्र परेका कामदार र भारतसंगको सीमावर्ती क्षेत्रमा बसेका नागरीकहरुलाई संक्रमण नियन्त्रणसम्बन्धी विश्वव्यापी मापदण्डअनुसार व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले भारतीय नेपाल भारत सीमा क्षेत्रमा करिब २१ सय नेपालीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिएका थिए भने स्वास्थ्यमन्त्री ढकालले पछिल्ला दिनहरुमा पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई बढाउंदै लगेको जानकारी दिए ।

प्रकाशित मिति: May 11, 2020

प्रतिक्रिया दिनुहोस्