Logo
१ मंसिर २०८१, शनिबार
(May 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशमा अफ्ठ्यारोमा परेका नेपालीलाई उद्धारको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बर्तमान समयमा रोजगारीको शिलशिलामा विदेश गएका नेपालीहरु कोरोना माहामारीबाट प्रभावित भएको अवस्थामा अफ्ठ्यारोमा परिरहेका नेपालीलाई स्वदेश फिर्ताको व्यवस्था गर्न प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।

विदेशमा रहेर विभिन्‍न समस्यामा परेर आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई तत्काल र कम जोखिममा रहेकाहरुलाई चरणबद्ध रुपमा उद्धार गर्न भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।

नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन्। प्रस्तावमा भारतबाट जोखिमपूर्ण ढंगबाट आउनेक्रम रोक्न र नेपालीहरूलाई स्वदेश ल्याउन निश्चित नाका खुलाउन पनि भनिएको छ।

त्यस्तै, भारतमै रहेर समस्यामा परेकाहरुलाई दूतावासमार्फत सबै व्यवस्था गर्नुपर्ने उनीहरूले प्रस्तावमा उल्लेख गरेका छन् ।

अलपत्र परेकाहरुलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न उनीहरुले प्रस्ताव गरेका छन्। भारतबाट ल्याइएकाहरुलाई परीक्षण गरेर मात्र घर पठाउन पनि उनीहरुले भनेका छन् ।

प्रकाशित मिति: May 11, 2020

प्रतिक्रिया दिनुहोस्