नेपालमा कोरोना संक्रमित संख्या ११० पुगे, थप एक जनामा कोरोना पुष्टि
पछिल्लो समयमा नेपालमा पनि कोरोना संक्रमित बढीरहेको अवस्थामा आज पुनः एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उदयपुर, भुल्केका ४३ वर्षीय महिलामा सङ्क्रमण देखिएको जानकारी दिएका छन् ।
उनका अनुसार ती महिलाको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो ।
योसँगै नेपालमा ११० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले जानकारी दिए ।