Logo
४ माघ २०८१, शुक्रबार
(May 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको जवाफ : ‘भारतीय भूमिमै लिपुलेकको सडक बनाएका हौं’

छिमेकी देश भारतले लिपुलेकमा बनाएको सडकमा नेपालले जनाएको चासोमा जवाफ दिएको छ । उसले भारतीय भूमिमै सडक बनाएको दाबी गरेको छ ।

भारतले नेपाली भूभाग लिपुलेक हुादै मानसरोबर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो ।

तर भारतीय विदेश मन्त्रालयले यो सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गरेको छ । मन्त्रालयले शनिबार सााझ जारी गरेको वक्तप्यमा भनिएको छ, ‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याएको छ ।’

नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै उसले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ ।

साथै दुबै देश कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो ।

त्यसपछि यसको नेपालमा विरोध भइरहेको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिपछि यस्तो आयो भारतको जवाफ :

Official Spokesperson’s response to media queries on inauguration of road on 8th May in Pithoragarh district, Uttarakhand
May 09, 2020

In response to queries on inauguration of road on 8th May in Pithoragarh district, Uttarakhand, the Official Spokesperson stated the following:

We have seen the Press Release dated 9th May 2020 issued by the Ministry of Foreign Affairs of Nepal pertaining to the inauguration of a road in India.

The recently inaugurated road section in Pithoragarh district in the State of Uttarakhand lies completely within the territory of India. The road follows the pre-existing route used by the pilgrims of the Kailash Mansarovar Yatra. Under the present project, the same road has been made pliable for the ease and convenience of pilgrims, locals and traders.

India and Nepal have established mechanism to deal with all boundary matters. The boundary delineation exercise with Nepal is ongoing. India is committed to resolving outstanding boundary issues through diplomatic dialogue and in the spirit of our close and friendly bilateral relations with Nepal.

Both sides are also in the process of scheduling Foreign Secretary level talks which will be held once the dates are finalised between the two sides after the two societies and governments have successfully dealt with the challenge of COVID 19 emergency.

New Delhi
May 09, 2020

प्रकाशित मिति: May 9, 2020

प्रतिक्रिया दिनुहोस्