Logo
४ आश्विन २०८१, शुक्रबार
(May 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालीभूमी अतिक्रम गरि भारतले बनाएको सडकप्रति नेपाल सरकारको कडा आपत्ती

भारतले लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले कडा आपत्ती जनाएको छ । परराष्ट्र मन्त्रालयले आज शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडक बनाएकोमा आपत्ति जनाएको हो ।

शनिवार परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग भएको प्रष्ट पारेको छ र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले भारतलाई नेपाली भूमिमा कुनै पनि किसिमको गतिविधि अघि नबढाउन समेत आग्रह गरेको छ।

हेर्नुस् परराष्ट्र मन्त्रालयले विज्ञप्ति

प्रकाशित मिति: May 9, 2020

प्रतिक्रिया दिनुहोस्