Logo
१ मंसिर २०८१, शनिबार
(May 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद तथा कर्मचारीसहित ४४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

सङ्घीय संसद प्रतिनिधिसभा/राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४४१ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।

ती मध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी रहेका थिए । उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो ।

आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो ।

महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

प्रकाशित मिति: May 8, 2020

प्रतिक्रिया दिनुहोस्