रेलवे ट्रयाकमा सुतिरहेका १६ मजदूरको किल्चिएर मृत्यु
भारत स्थित महाराष्ट्रको औरंगावादमा रेलले कुल्चेर १६ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको बेला यो घटना हुन पुगेको जनाइएको छ।
रेलवे ट्रयाकमा सुतिरहेका मजदूरलाई देखेर रेल चालकले रेल रोक्ने प्रयास गरे पनि जोगाउन नसकेको भारतीय रेल मन्त्रालयका जनाएको छ ।
मृतकहरु सबै मजदुर रहेको र उनीहरु आफ्नो घर मध्य प्रदेश फर्किरहेको समयमा दुर्घटना हुन पुगेको भारतीय सञ्चार माध्ययम दैनिक भास्करले उल्लेख गरेको छ ।
समाचारमा जनाइए अनुसार घटना आज विहान सवा ५ बजे घटेको हो । भारतमा जारी लकडाउनका कारण हजारौ मजदुर हिडेरै आफ्नो घर फर्किने क्रम अझै रोकिएको छैन् ।
लकडाउनकै कारण रेल सेवासमेत बन्द रहेकाले उनीहरु रेलकै ट्र्याकमा सुतेको अनुमान गरिएको छ ।