विभिन्न आरोप सहित इन्सेकमा निवेदन दिएकी देवानगंजकी सुनिता मेहताको दावी झुठो!
प्रदेश १ स्थित देवानगंज गाउँपालिका-३ कप्तानगंजकी सुनिता मेहताले विभिन्न आरोप सहित इन्सेकमा निवेदन दिदै लगाएको आरोपहरु झुठो रहेको अर्को पक्षले दावी गरेको छ ।
पछिल्लोपटक इन्सेकमा निवेदन दिदै आरोपित बनाएको पक्षले एक विज्ञप्ती जारी गर्दै सुनिताको आरोपलाई खण्डन गरेका हुन् ।
प्रहरीले निवेदन नलिएको भन्दै सुनिताले केही दिन अघि सुनसरी प्रतिनिधि मार्फत इन्सेकमा निवेदन दिएकी थिइन् ।
सुनिताले आरोपित बनाएकी पक्षका कुन्दन मेहताले एक विज्ञप्ती जारी गर्दै आफू घरमा नहुँदा समेत आफ्नो नाम मुछिएको भन्दै त्यसको खण्डन गरेका हुन् ।
सुनिताले आफूमाथि कुटपिट र जवर्जस्ती करनीको समेत प्रयास भएको भन्दै निवेदन दिएकी थिइन् । इन्सेकले उक्त निवेदन सार्वजनिक गरेपछि उक्त घटना संचारमाध्यममा आएको थियो ।
ईलाका प्रहरी कार्यालय देवानगंजका अनुसार झगडापछि दुबै पक्ष थानामा आउँदा दुबै तर्फ समान्य चोटपटक देखिएको थियो ।
‘हामीले उपचार गर्न पठायौं, पछि कहाँ-कसले के भन्यो, के गर्यो त्यो हामीलाई थाहाँ नभएको प्रहरीको प्रतिक्रिया रहेको छ ।
अर्को पक्षको विज्ञप्ती जस्ताको त्यस्तै :
सुनसरीको देवानगंज गाउँपालिका वडा नं. ३ कप्तानगंजकी २५ वर्षीय सुनिता मेहताले आफू माथी ऐ.ऐ. वस्ने म कुनदन मेहता लगायत मेरो वुवा परमेश्वर मेहता र मेरो ठुुलो वुवा बलराम मेहता समेतले कुटपिट र जबरजस्तीको प्रयास गरेको भनी इनसेकमा दर्ता गराउनु भएको निवेदन माथी गम्भीर ध्यानाकर्षण भएको छ ।
उत्त सम्वन्धमा मेरो भनाइ के छ भने यही मिति २०७७ साल वैशाख ११ गतेका दिन विहानको अन्दाजी ८ वजेको समयमा मेरो दाई चन्दन मेहता, वुवा परमेश्वर मेहता र ठुलो वुवा बलराम मेहता तथा विपक्षी जयप्रकाश मेहता बिच जग्गामा तारबार लगाउने सम्वन्धमा समान्य विवाद भएको हो ।
कुटपिट हुँदा दुवै पक्षलाई समान्य चोटपटक लाग्दा प्रहरी चौकी देवानगंज मार्फत उपचार गराउने सर्तमा मेलमिलाप समेत भईसकेकोमा सोही कुटपिकटो कारण सुनिता मेहताले आफ्नो पाठेघरमा चोट लागेकोे भन्दा मैले सुनिता मेहतालाई कोशी अञ्चल अस्पताल विराटनगरमा लगेर चेक जाँच गराउँदा सम्पूर्ण स्वास्थ्य अवस्था समान्य रहेको भनेर डाकटरले भन्दा समेत कसैको कुनै कुरा नसुनी आफै बनावटी रुपमा झुठा मुद्दा तयार गरी विवादित ठाउँ तथा समयमा म नहुँदा समेत मेरो विरुद्धमा बदनियत पूर्वक मलाई दुःख दिने मनसायले मात्रै इनसेक नेपालमा दर्ता गराउनु भएको निवेदन झुठा रहेको जानकारी गराउन चाहन्छु ।
कुन्दन मेहता
देवानगंज-३, कप्तानगंज, सुनसरी
नोट : यस समाचारमा यसअघि उल्लेख भएका केही हरफ/शब्दहरु हामीले डिलिट गरेका छौं, कसैको मानसम्मनमा ठेस पुर्याउनु हाम्रो उद्देश्य नरहेकाले स्वमुल्यांकन गर्दै हामीले डिलिट गरेका हौं । यसबाट कसैलाई ठेष पुग्ने भए हामी क्षमाप्राथी छौं : सम्पादक
पढ्नुस् यसअघि सुनिताको निवेदनमा अधारित समाचार :
http://45.77.46.207/2020/05/128366/