Logo
१ मंसिर २०८१, शनिबार
(May 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रस्ताव तयार पार्न नभ्याएको भन्दै नेकपा स्थायी कमिटीको बैठक स्थगित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । शनिबार बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो ।

तर बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएका थिए ।

‘सचिवालयले हामीलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो । हामीले भ्याएनौं’ महासचिव विष्णु पौडेलले भने, ‘भोलिको बैठक स्थगित भएको छ । अर्को बैठकको मिति पछि तय हुन्छ ।’

यसअघि सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष ओली भने आराम गर्न भन्दै निस्किएका खबर बाहिरिएको थियो ।सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएको भएको थियो ।

बैठकको सुरुवातमै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुष्टता ब्यक्त गरेका थिए ।

स्रोतकाअनुसार बैठकको सुरुवातमै आज प्रधानमन्त्री ओली अर्का अध्यक्ष दाहालसँग रिसाएका थिए । उनले शनिबारको सचिवालय बैठकअनुसार नेताहरु सहमतिमा नचलेको र गुटगत भेला जारी राखेकोमा आक्रोश पोखेका थिए ।

प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् ।

उनले खासगरी प्रवक्ता नारायणकाजी श्रेष्ठको घरमा अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र भलनाथ खनाल भेला भएको र आफूविरुद्ध पूनः मोर्चाबन्दी गरेकोमा गुनासो पोखेका थिए ।

सचिवालय बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । बिहीबार सो पार्टीको स्थायी समिति बैठक बस्ने यसअघिको निर्धारण रहेको थियो ।

प्रकाशित मिति: May 6, 2020

प्रतिक्रिया दिनुहोस्