Logo
१ मंसिर २०८१, शनिबार
(May 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई पक्षबीच चर्काचर्की भएर ओली निस्किएपछि नेकपाको स्थायी कमिटी बैठक अनिश्चित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक अनिश्चित भएको छ । बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराएका छन् ।

त्यसैले बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष ओली भने आराम गर्न भन्दै निस्किएका थिए ।

सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएको भएको थियो । बैठकको सुरुवातमै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुष्टता ब्यक्त गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् ।

बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लागेको बालुवाटार निकट श्रोतले जानकारी दिएको छ ।

स्रोतकाअनुसार बैठकको सुरुवातमै आज प्रधानमन्त्री ओली अर्का अध्यक्ष दाहालसँग रिसाएका थिए । उनले शनिबारको सचिवालय बैठकअनुसार नेताहरु सहमतिमा नचलेको र गुटगत भेला जारी राखेकोमा आक्रोश पोखेका थिए ।

प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् ।

उनले खासगरी प्रवक्ता नारायणकाजी श्रेष्ठको घरमा अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र भलनाथ खनाल भेला भएको र आफूविरुद्ध पूनः मोर्चाबन्दी गरेकोमा गुनासो पोखेका थिए ।

सचिवालय बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । बिहीबार सो पार्टीको स्थायी समिति बैठक बस्दैछ ।

प्रकाशित मिति: May 6, 2020

प्रतिक्रिया दिनुहोस्