Logo
१ मंसिर २०८१, शनिबार
(May 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थायी कमिठिको बैठकको पूर्वसन्ध्यामा बालुवाटारमा नेकपाको सचिवालय बैठक

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। सचिवालय बैठकअघि पार्टीका दुई अध्यक्ष ओली र दाहालबीच बुधबार बिहान पनि छलफल भएको थियो ।

भोलि निर्धारित स्थायी कमिठिको बैठकको पूर्वसन्ध्यामा बसेको सचिवालय बैठकले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले तयार पार्ने राजनीतिक प्रतिवेदनलाई अन्तिम टुंगो लगाउने र अन्य एजेण्डाहरु तय गर्ने बुझिएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केहीबेरअघि बैठक सुरु भएको हो । नेकपामा केही समययता चुलिएका विवाद शनिबार यता साम्य भएको दाबी गरिएपनि सचिवालयमा उक्त दिन भएका सहमति लिपिवद्ध गर्ने विषयमा अहिले पनि शीर्ष नेताहरुबीच विमति छ ।

 

प्रकाशित मिति: May 6, 2020

प्रतिक्रिया दिनुहोस्