Logo
९ पुस २०८१, मंगलबार
(May 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेठ ५ सम्म लकडाउन लम्ब्याउने संघीय सरकारको मन्त्रिपरिषदको निर्णय

संघीय सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

मंगलबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ ।

लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ ।

तर प्रधानमन्त्री केपी शर्मा त्यसमा सहमत नदेखिएको समितिका एक सदस्यले बताए । बैढकमा उनले ‘अहिले नै क्षेत्र छुट्याएर जान सकिन्छ र?’ भन्ने प्रश्न गरेका थिए ।

बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले जेठ पाँच गतेसम्म लकडाउन थप्ने निर्णय गरेको मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

पछिल्लो पटक सरकारले घोषणा गरेको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ । यस्तै सरकारले भोलि (वैशाख २५) साँझ दीप प्रज्वलनका लागि आग्रह गर्ने निर्णय पनि गरेको अर्यालले बताइन् ।

प्रकाशित मिति: May 6, 2020

प्रतिक्रिया दिनुहोस्