Logo
१ मंसिर २०८१, शनिबार
(May 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना भाइरस तेज गतिमा फैलिदैँ, संक्रमितको संख्या ४९ हजार नाघ्यो

बर्तमान समयमा कोरोना माहामारीले विश्वभरी नै आतंक मच्चाइरहेको बेला भारतमा पनि कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढ्दोक्रम रहेको अवस्थामा कोरोना संक्रमित अहिले सम्म ४९ हजार तीन समय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा २ हजार नौ सय ५८ नयाँ संक्रमित थपिएका हुन् ।अघिल्लो दिन भारतमा ३ हजार ९ सय नयाँ संक्रमित थपिएका थिए ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमित हुनेको संख्या ४९ हजार तीन सय ९१ पुगेको हो ।   त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १ हजार ६९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा एक सय २६ जनाको मृत्यु भएको हो । अघिल्लो दिन मृत्यु हुनेको संख्या १९५ थियो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १५ हजार ५२५ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ६१७ पुगेको छ ।

त्यस्तै गुजरातमा ६ हजार २ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने ३६८ जनाको मृत्यु भइसकेको छ । मध्य प्रदेशमा पनि तीन हजार ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १७६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै पश्चिम बंगालमा १ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १४० जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म २ हजार आठ सय ८० जनामा संक्रमण देखिँदा ५६ जनाको मृत्यु भइसकेको छ ।

बिहारमा अहिलेसम्म ५३६ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने ४ जनाको मृत्यु भएको छ ।अहिलेसम्म भारतमा १४ हजार १८३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति: May 6, 2020

प्रतिक्रिया दिनुहोस्