Logo
१ मंसिर २०८१, शनिबार
(May 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ह्वाइट हाउस कोरोना टास्क फोर्सलाई छिटै समाप्त गर्दैछौँ : ट्रम्प

ह्वाइट हाउस कोरोना टास्क फोर्सलाई आउने केही हप्तामा समाप्त गरिने ट्रम्पले बताएका छन् ।

टास्क फोर्सले आफ्नो काम निकै कुशलतापूर्वक निभाएको तर अब यसमा केही परिवर्तन गरिने उनले बताए हुन् ।

टास्क फोर्सको समाप्तिलाई लिएर सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले टास्क फोर्सलाई समाप्त गर्नुको अर्थ कोरोना भाइरसविरुद्धको लडाइँ सकिएको भन्न नमिल्ने बताए ।

उनले भने, यो बिलकुल होइन । कोरोना समाप्त भएपछि मात्र मिसन पूरा हुन्छ ।ट्रम्पका ज्वाइँले दोस्रो टास्क फोर्सको नेतृत्व गर्ने बताइएको छ, जसले कारोबारको बहालीमा ध्यान दिनेछ ।

पत्रकारसँगको कुराकानीमा ट्रम्पले भने, हामी हाम्रो देशलाई आउँदो पाँच वर्षसम्म बन्द गर्न सक्दैनौँ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि कोरोना टास्क फोर्स आउने केही हप्तामा समाप्त गरिने बताएका छन् ।

ह्वाइट हाइसकी प्रेस सचिव केली मैकएनानलीले यस विषयमा अमेरिकी सरकारले वैज्ञानिक र विशेषज्ञसँग सल्लाह नलिएको भन्ने आरोपको खण्डन गरेकी छिन् ।

अहिले अमेरिकामा प्रत्येक दिन औसत २० हजार कोरोना भाइरसका बिरामी देखिने गरेका छन् भने एक हजारभन्दा धेरैको ज्यान गइरहेको छ । अमेरिकामा कोरोनाको कारण अहिलेसम्म १२ लाख सङ्क्रमित भएका छन् भने झण्डै ७० हजारको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: May 6, 2020

प्रतिक्रिया दिनुहोस्