Logo
९ पुस २०८१, मंगलबार
(May 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीसहित उच्चस्तरीय समितिको बैठक आज बालुवाटारमा बस्दै, लकडाउनबारे निर्णय हुन सक्ने

प्रधानमन्त्री केपी ओलीसहित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज बालुवाटारमा बस्दै छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दै आएको बैठक आज भने प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने समितिका सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन् । बैठकले लकडाउन खुकुलो पार्ने या कडाइ गर्ने भन्नेबारेमा निर्णय गर्न सक्ने बिडारीले बताए ।

समन्वय समितिले कोरोनाको सङ्क्रमण नदेखिएका ठाउँमा लकडाउन केही खुकुलो बनाउने र सङ्क्रमण देखिएका ठाउँमा कडाइ गर्ने गरी कार्ययोजना बनाइरहेको छ ।

पछिल्लो समयमा नेपालमा पनि कोरोना संक्रमित बढ्दै गइरहेको बेला अहिलेसम्म ८२ जनाको कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १६ जना सङ्क्रमित निको भइ घरर्फकिएका छन् ।

प्रकाशित मिति: May 5, 2020

प्रतिक्रिया दिनुहोस्