बुढिगंगामा दोस्रो चरणको राहत धमाधम
मोरङको बुढीगंगा गाउँपालिकाले अति विपन्न दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने जन मजदुरका घर परिवारहरुलाई दोस्रो चरणको राहत धमाधम वितरण गरिरहेको छ ।
गाउँपालिकाले पहिलो चरणको राहत बितरणमा केही मापदण्ड परिमार्जन गरि दोस्रो चरणको राहत बितरणमा विपन्न समुदायहरुलाई लक्षित गरी राहत वितरण गरीरहेको छ ।
बुढीगंगा गाउँपालिका भित्र पहिलो चरणमा ६ हजार ८ सय १० घर परिवारले राहत पाएको थियो भने दोस्रो चरणमा पहिलो चरणमा छुटेका घरपरीवार र अतिविपन्न घरपरीवारहरुले पाउँने गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझिले जानकारी गराउनु भएको छ ।
दोस्रो चरणको राहतमा १० के.जी चामल र १ प्याकेट नुन वितरण भइरहेको छ भने पहिलो चरणको राहात बितरणमा प्रति घरपरिवारलाई १५ केजी चामल, १ केजी दाल ,१ केजी
नुन , आधा लिटर खानेतेल र साबुन बितरण गरिएको थियो ।
आईतबार बुढीगंगा वडा नं.७ देखी शुरु भएको राहत वितरण अब क्रमश वडा नं.१,२ ,३,४,५ र ६ मा वितरण गरीने गाउँपालिकाका कार्यपालिका सदस्य मिना विश्वासले जानकारी दिएकि छिन् । राहत वितरणमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझि, उपाअध्यक्ष अमिृता कुमारी गच्छदार , सम्बन्धित वडाका वडा अध्यक्ष, वडा सदस्य, विपद् व्यवस्थापन तथा सामाजिक शाखाका लिला वास्तोला, स्मृती बोडिंङ्ग स्कुलका प्र.अ. तथा नेकपाका रीता न्योपाने, शुरक्षा निकायहरुको उपस्थिती रहेको छ ।