Logo
१ मंसिर २०८१, शनिबार
(May 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख २६ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

सरकारले वैशाख २६ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।

संघीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सरकारले बजेट अधिवेशनको तयारी थालेको हो ।

पहिले नै प्रि-बजेट छलफल गर्ने परम्परा छ । त्यसका लागि पछिल्ला वर्षहरूमा वैशाख १५ लगत्तै बजेट अधिवेशन बोलाइने गरिन्थ्यो ।

तर कोरोना भाइरसको महामारीका कारण यस पटक विगतका वर्षहरुमा जति प्रिबजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल नहुने भएको छ ।

यस पटक प्रिबजेट र सरकारको नीति तथा कार्यक्रमबारेको छलफल अवधि घटाएर बजेट ल्याउने तयारी सरकारले थालेको छ ।

 

प्रकाशित मिति: May 3, 2020

प्रतिक्रिया दिनुहोस्