Logo
१ मंसिर २०८१, शनिबार
(May 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परिवारमा कम्तीमा एक जनाको कोरोना जाँच अनिवार्य गर्न सरकारलाई निर्देशन

पछिल्लो समय नेपालमा कोरोना संक्रमित संख्या बढ्दोक्रममा  रहेको अवस्थामा राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कोरोना रोकथामका लागि परीक्षणको दायरा विस्तार गरी हरेक परिवारसम्म पुग्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा विस्तार गरी हरेक परिवारसम्म पुग्न निर्देशन दिएको हो

‘कोरोना भाइरसको परीक्षणको दायरा विस्तार गरी हरेक परिवारबाट कम्तीमा एकजनाको नमूना छनौट गरी कोरोनाको परीक्षण गर्ने कार्ययोजना बनाइ लागू गर्ने,’ समितिको निर्देशन छ ।

सीमा क्षेत्रमा रहेका नागरिकको उचित व्यवस्थापन गर्न, दैनिक ज्यालादारी मजदुरलाई राहत वितरणको मापदण्ड बनाउन, कोरोना रोकथाम तथा उपचारमा निजी अस्पतालको उपयोग गर्न र विदेशबाट फर्किनेलाई रोजगारीको व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल उपस्थित भएको बैठकमा समितिले सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसारको स्वास्थ्य सामग्री पुर्‍याउन, राहत वितरणलाई व्यवस्थित गर्न र स्वास्थ्य सम्बन्धी एकीकृत कानून बनाउन निर्देशनद समेत दिएको छ ।

 

प्रकाशित मिति: May 1, 2020

प्रतिक्रिया दिनुहोस्