Logo
१ मंसिर २०८१, शनिबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बम बिस्फोट हुँदा रोल्पामा ४ बालबालिकाको मृत्यु

रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले पुष्टि गरेको छ।

बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

घटनाबारे विस्तृत विवरण केही बेरमै आउने प्रहरीले बताएको छ । बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गरे। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको डिएसपी गुरुङले बताए ।

‘टुइञ्च मोटर जस्तो बम विस्फोट भएको छ, अर्को विष्फोट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृत्यु भएको छ,’ डिएसपी गुरुङले भने।

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्