Logo
११ माघ २०८१, शुक्रबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाका सांसद डा. सुरेन्द्र यादवले दिए मानव अधिकार आयोगमा अपहरणको उजुरी

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफुलाई अपहरण गरेको भन्दै नेकपा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार बिहीबार आयोगको कार्यालय पुगेर तीनै जनाविरुद्ध उजुरी दिएका छन् ।

उजुरी बुझेपछि आयोगका सदस्य प्रकाश वस्तीले उजुरीमा उल्लेख भएबमोजिम कार्यहरु भए/नभएको विषयमा अनुसन्धान गरिने बताए ।

अपराध भए/नभएको, अपहरण भए/नभएको हेर्ने काम अदालत र प्रहरीको भएको उल्लेख गर्दै वस्तीले उजुरी कर्ताको मानवअधिकार भएको छ कि छैन भन्ने विषयमा आयोगले अनुसन्धान गर्ने बताए ।

उजुरीमा उल्लेख भएअनुसार मानवअधिकार उलंघन भएको पाइए त्यसको पुर्नस्थापना गर्न के गर्नुपर्छ त्यसका लागि सरकारलाई निर्देशन दिइने उनले बताए ।

उनले भने, ‘‘अपराध भयो/भएन्, अपहरण हो/होइन त्यो हेर्ने काम हाम्रो होइन् । त्यो प्रहरी र अदालतको काम हो । तर उजुरीमा लेखिए बमोजिमको कार्यहरु भएकी/भएनन् ।ती कार्यहरु भएको भए उजुरीकर्ता मानव अधिकार उलंघन भयो कि/भएन् । उलंघन भएको रहेछ भने त्यसलाई पुर्नस्थापना गर्न के गर्नुपर्छ । राज्यले के गर्नुपर्छ । सरकारले के गर्नुपर्छ भन्ने कुरा हामी बोल्नुपर्छ । त्यो बोल्ने हाम्रो कर्तव्य हो । हामी आफ्नो कर्तव्यप्रति सजग छौँ ।’’

काठमाण्डौबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजी खनालले यादवलाई वैशाख १० गते काठमाण्डौ ल्याएका थिए ।यसअघि महानगरीय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजे पनि उजुरी लिन अस्वीकार गरेका थिए ।

डा.यादवले सदस्य वस्ती र मोहना अन्सारीलाई भेटेर उजुरी दिएका हुन् । शक्तिको आडमा आफ्नो ज्यान नै लिनसक्ने जोखिम रहेकोले सांसदहरु र पूर्वआइजीलाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्न आयोगमा दिइएको उजुरीपत्रमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्