नेकपा सचिवालय बैठक सकियो, तर भएन कुनै ठोस निर्णय
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवलाय बैठक भर्खर सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीभित्र विकसित पछिल्लो स्थितिको समीक्षा गर्दै पार्टीको आगामी कार्यदिशा तय गर्ने बारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
वैशाख २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय गरेको छ । पार्टीलाइ एकताबद्ध ढंगले अघि बढाउने सन्दर्भमा छलफल भएको छ ।