Logo
१ मंसिर २०८१, शनिबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विभिन्न चर्चा-परिचर्चाबीच बालुवाटारमा नेकपाको सचिवालयकाे बैठक सुरु

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयकाे बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त बैठक शुरू भएकाे हो ।

आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने बताइएको छ ।

तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालयको बैठक बोलाउने पक्षमा छैनन् ।

वैशाखको मध्य भइसक्दा पनि जाडो नघटेकाले नेताहरु ज्याकेट र बाक्लो कोटमा छन् । वरिष्ठ नेता माधवकुमार नेपाल नीलो हाफ ज्याकेटमा पुगेका छन् ।

झलनाथ खनाल खैरो कोट र रातो हाफ स्वेटरमा देखिन्छन् । सधैझै उनी कापी र कलम लिएर तयारीका साथ टेबुलमा बसिरहेका छन् ।

उपाध्यक्ष वामदेव गौतमका लागि कापी र कलम महत्वपूर्ण देखिएको छैन ।

उनी हात बाँधेर नेताहरुको बोली सुन्दै गरेको देखिन्छन् । आज गौतमको तयारी कडा नै रहेको बुझिएको छ ।

आजको सचिवालय बैठक वार कि पारमा जाने गरी एउटा टुंगोमा पुग्ने आँकलन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थहरुलाई अब वार कि पारमा जानुपर्ने हुनसक्ने भन्दै तयार हुन भनेका छन् ।

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्