Logo
४ आश्विन २०८१, शुक्रबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चालु वर्षमा २.२७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण

चालु आर्थिक वर्ष २०७६/७७ मा २.२७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले गरेको छ ।

विभागको प्रक्षेपण विश्व बैंकले गरेकोभन्दा कम हो । विश्व बैंकले चालु आवमा २.८ प्रतिशतसम्म नेपालको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरसको असर न्यूनीकरण गर्न अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासको प्रभाव अर्थतन्त्रमा पर्ने देखिएको विभागले जनाएको छ ।

कोरोनाको असर कति अवधिसम्म रहने भन्ने अनुमान गर्न नसकिएको अवस्थामा यस आवको अनुमान तयार गर्दा होटल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र यस आवको अन्त्यसम्म अत्याधिक प्रभावित रहेन तथा अन्य क्षेत्र जेठबाट क्रमशः नियमित हुने विश्वास गरिएको छ । यसैअनुरूप अनुमान तयार गरिएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षमा प्रमुख आर्थिक सूचकहरुको अवस्था :

  • स्थिर मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन बृद्धिदर आधारभूत मूल्यमा २.२७ प्रतिशत,
  • चालु मूल्यअनुसार कुल उत्पादन आधारभूत मूल्यमा ५० खर्ब ९२ अर्ब
  • चालु मूल्यअनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्या १७ खर्ब ४३ अर्ब
  • चालु मूल्यअनुसार कुल जीडीपी आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब
  • चालु मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्ब
  • चालु मूल्यअनुसार कुल स्थिर पुँजी निर्माण १० खर्ब ६० अर्ब
  • चालु मूल्यमा अन्तिम उपभोग खर्च ३० खर्ब ८५ अर्ब (कुल गार्हस्थ्य उत्पादनको ८१.१० प्रतिशत)
  • चालु मूल्यमा वस्तु तथा सेवाको खुद निर्यात १२ खर्ब ७ अर्ब ऋणात्मक
  • विप्रेषण ७ खर्ब १६ अर्ब (कुल गार्हस्थ उत्पादनको १९.०१ प्रतिशत)
  • प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ लाख २६ हजार १८ रुपैयाँ अर्थात १ हजार ८५ यूएस डलर

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्