आज काठमाण्डौमा मात्र लकडाउनको व्यापक उल्लंघन गर्ने ८ सय १४ सवारीसाधन पक्राउ
यतिबेला कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाइरहेको छ । सो लकडाउनको व्यापक उल्लंघन गर्ने ८ सय १४ सवारीसाधन प्रहरीले नियन्त्रण नियन्त्रणमा लिएको छ ।
दिनहुँ लकडाउन उल्लंघन गरेको आरोपमा सवारीसाधनहरु प्रहरीले नियन्त्रणमा लिने गरेका छन् । धेरैजसो त कारबाहीमा समेत परेका छन् ।
ट्राफिक प्रहरीले उपत्यकामा कडाईका साथ चेकिङ थालेको हो । कतिपय सवारीसाधन भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ८ सय १४ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सरकारले लकडाउन खुकुलो बनाउनेबारे विकल्पमा छलफलमा चलाएसँगै काठमाडौंमा सवारीसाधनको चाप बढेको बुझिएको छ ।
लकडाउन यही बैशाख २५ गतेसम्म कायम गरिएको छ । तर, विस्तारै विस्तारै काठमाडौं उपत्यकामा सवारी साधनको चाप बढेको छ । आज लकडाउनको ३६औं दिन हो । काठमाडौंको दरबारमार्ग र भद्रकालीमा ठूलो संख्यामा सवारी देखिएका थिए ।
मंगलबार साढे ११ बजेसम्म ८ सय १४ सवारीसाधनलाई नियन्त्रणमा लिइसकेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ