Logo
१ मंसिर २०८१, शनिबार
(April 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘दर्ता गर्न सक्दैनौं’ भन्दै प्रहरीले जवाफ फर्काएपछि जसपाका नेताहरू उजुरी लिएर फिर्ता

नवगठित जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अहपरण गरेको सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुलाई काठमाडौं प्रहरी परिसरले फिर्ता गरिदिएको छ ।

प्रहरीले घटनाको सुरुवात महोत्तरीमा भएको हुँदा त्यहीँ जाहेरी दिन भन्दै लिन नमानेको नेताहरुले बताएका छन् ।

साढे ४ बजेतिर परिसर प्रमुख श्यामलाल ज्ञवाली कार्यालयमा उपस्थित भएपनि आफूले उजुरी दर्ता गर्न नसक्ने जवाफ थिए ।

उनले जनता समाजवादीका नेताहरुलाई ‘म यो उजुरी दर्ता गर्न सक्दिनँ । तपाईँहरु जे गर्नुहुन्छ गर्नुस्’ भन्दै जवाफ दिएका थिए ।

उनले महोत्तरी घटना भएकाले त्यहीँ गएर उजुरी दर्ता गराउँदा ठीक हुने राय समेत दिएको नेताहरुले बताएका छन् ।

तर, उजुरी दर्ता नभएपछि जनता समाजवादीका नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।

नेता भट्टराईले ट्वीटरमार्फत आक्रोश पोख्दै भनेका छन्, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?’

खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ ।

अपहरणमा परेका भनिएका यादव पनि सँगै प्रहरी परिसर पुगेका थिए ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले एसपी र डीएसपीले जाहरी लिने यहाँ होइन महोत्तरी जाउ भनेको बताए ।

उनले भने -“जबकि कानुनले नजिकको प्रहरी र यथाशिघ्र समयमा जाहेरी गर्ने भनेको छ । प्रहरी परिसर टेकुमा एसएसपी गायब । अहिले जाहेरी लिन नमानेको अवस्था छ । कानुनभन्दा माथि ओली सरकार  देखियो?”

परिसरका एसएसपी श्यामलाल ज्ञवालीले पनि घटनाको सुरुवात जहाँ भएको हो त्यहीँ जानुस् भनेको जानकारी दिए ।

प्रकाशित मिति: Apr 26, 2020

प्रतिक्रिया दिनुहोस्