Logo
११ माघ २०८१, शुक्रबार
(April 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अब के गर्ने’ भन्दै समाजवादी पार्टीका विद्रोही सांसदहरुको छुट्टै गोप्य भेला

समाजवादी पार्टीका असन्तुष्ट सांसदहरुको गोप्य भेला भएको छ । केही दिनअघिमात्रै समाजवादी पार्टीले राजपा नेपालसँग एकता गरेको छ ।

असन्तुष्ट सांसदहरुले विद्रोह गर्न लागेको र छुट्टै पार्टी गठन गर्न लागेको हल्लाबीच समाजवादी र राजपा नेपालबीच रातारात एकता भएको हो ।

दुई पार्टीबीच एकता भएर बैशाख ११ गते लोकतन्त्र दिवसको दिन जनता समाजवादी पार्टी, नेपाल जन्मिएको छ ।

उता राजपा नेपालका ६ जना अध्यक्ष मण्डलका सदस्यमा राजकिशोर यादव आफू एकता प्रक्रिया बहिष्कार नगरेको र एकताको पक्षमै रहेको बताईसकेका छन् ।

भने अर्का सद्स्य अनिल झाले पनि आफू उपत्यका बाहिर भएकोले त्योदिन उपस्थित हुननसकेको तर आफू एकताक विपक्षमा पनि नरहेको बताएका छन् ।

उता, छुट्टै पार्टी गठन गर्ने तयारी गरेका समाजवादी पार्टीका असन्तुष्ट सांसदहरु अब के गर्ने भन्नेबारे छलफलमा जुटेका छन् ।

समाजवादी पार्टीका असन्तुष्ट सांसदहरु अब कसरी प्रस्तुत हुने भन्नेबारे छलफलमा जुटेका छन् । प्रमुख सचेतक समेत रहेका उमाशंकर अरगरियाले आफूहरु छलफलमा जुटेको बताए ।

उनले भने, हामी असन्तुष्ट सांसदहरुको छलफल सुरु भएको छ । हेरौं, अब के हुन्छ ? उनले छलफलपछि एकीकृत नयाँ पार्टी जनता समाजवादी पार्टी, नेपालमा जाने वा नजाने भन्नेबारे निश्कर्ष निकालिनेपनि बताए ।

असन्तुष्ट सांसदहरुको नेतृत्व इस्तियाक रैन, अरगरियाको अगुवाईमा भएको हो, भेलामा रेणु यादव, प्रदीप यादव, कलुदेवी विश्वकर्मा लगायतकाको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति: Apr 25, 2020

प्रतिक्रिया दिनुहोस्