Logo
१ मंसिर २०८१, शनिबार
(April 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र देउवाबीचको एक्लाएक्लै छलफलपछि प्रचण्डलाई पनि राखेर त्रिपक्षीय छ्लफल

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक्लाएक्लै छलफलपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहभागीतामा त्रिपक्षीय भेटवार्ता भएको छ ।

ओली र देउवाबीच छुट्टै भेटवार्ता भएपछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि सो छलफलमा सहभागी भएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा छलफल
चलेको हो । प्रतिपक्षसमेतको विरोधका कारण सरकारले शुक्रबार दुई अध्यादेश खारेज गरेको थियो ।

त्यसलगत्तै सुरुमा ओली र देउवाबीच तथा केहीबेरपछि ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्थासहित अध्यादेश ल्याइएपछि सत्तापक्ष र प्रतिपक्ष दुवैबाट सरकारको विरोध भएको थियो ।

आक्रामक रुपमा प्रस्तुत भएका प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरुले त सरकारले वैधानिक हैसियत गुमाएको भन्दै प्रधानमन्त्री फेर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

यस्तै नेकपाका शीर्ष नेताहरुको बैठकले अध्यादेश फिर्ता लिन सरकारलाई सुझाव दिएको थियो ।

कोरोना भाइरसको संक्रमणविरुद्ध सबै मिलेर अगाडि बढ्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

‘एक घण्टा द्विपक्षीय छलफल भएपछि अहिले अर्का अध्यक्ष प्रचण्डसहित त्रिपक्षीय छलफल भइरहेको छ,’ थापाले भने ।

पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले छलफलको विषयबारे आफूलाई जानकारी नभएको बताए ।

‘प्रधानमन्त्रीज्यूले बोलाएर सभापतिज्यू बालुवाटार आउनु भयो । तर के-के कुराकानी भयो भन्नेचाहिँ मलाई थाहा भएन ।’

प्रकाशित मिति: Apr 24, 2020

प्रतिक्रिया दिनुहोस्