Logo
११ माघ २०८१, शुक्रबार
(April 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपामा सबै शिर्ष नेताहरुको सचिवालय बनाईँदै, ठाकुरको संयोजकत्वमा महाधिवेशन समिति

राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीका सबै शिर्ष नेताहरु सम्मीलित नयाँ सचिवालय समिति गठ्न हुने भएको छ ।

वरिष्ठताका अधारमा तत्काल महन्थ ठाकुरको अध्यक्षतामा महाधिवेशन समिती रहने छ, उक्त समितीमा दुवै पार्टीको केन्द्रिय कार्यसमितिका सदस्यहरु नेताका रूपमा रहने छन् ।

समाचार श्रोतका अनुसार उक्त समितिमा कुनै नेताहरुको कुनै पद भने हुनेछैन । सबैलाई वरिष्ठ नेता/नेता भनिनेछ ।

स्रोतले भन्यो पहिला बिधान बनाईने छ, त्यसपछी पदहरुको सृजना गरिनेछ र उक्त पधरु अनुसार महाधिवेशनपछि मात्र नेताहरू पद पाउनेछन् ।

पहिलो चरणमा दुवै पार्टीले आफ्ना नेताहरुको सुचि बनाउनेछ भने त्यसपछि बरियताक्रम सहितको महाधिवेशन तयारी कार्यसमिती बनाउनेछ ।

यद्यपि कुनै नेताहरूले भने यसबारे औपचारिक रुपमा बोलेका छैनन् । ‘अहिले खासै कुनै छलफल भएको छैन एकताका लागि हामिले जे सम्झौता पत्रमा हस्ताक्षर गरेका छौं सोही आश्यय अनुसार हामीले पार्टीलाई एक ढिक्का बनाउनेछौं’ सपा अध्यक्ष उपेन्द्र यादवले भने ‘पद ठूलो कुरा होइन नेकपा/काङ्ग्रेसमा त्यत्रा नेता अटाएका छन् हामी अटाउन सक्दैनौं भन्ने छैन, सबैको समान सहभागीता हुनेछ’।

राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले दुवै पार्टीका सबै नेताहरूको सहभागिता सम्मानजनक हुने बताए । ‘यद्यपि यी कुराहरू बैठकबाट टुङ्गो लाग्ने छ, उनले भने -‘सबै शिर्ष नेताहरूसँग छलफल परामर्श जारी रहेको छ’ ।

प्रकाशित मिति: Apr 24, 2020

प्रतिक्रिया दिनुहोस्