Logo
९ मंसिर २०८१, आईतबार
(April 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट बच्न पूर्व सतर्कता साथै लकडाउनको पालना गर्न गण्डकी मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाएकाको स्मरण गर्दै उनीहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन् ।

मुख्यमन्त्री गुरुङले आज जारी गरेको सन्देशमा उक्त श्रद्धासुमन व्यक्त गरेका हुन् । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भई विनाशकारी भूकम्प गएको थियो ।

सन्देशमा भनिएको छ, “यतिबेला भूकम्पपछि सिङ्गो देश उच्च आत्मबल र धैर्यता बटुलेर एकापसमा सहकार्य र सहयोेगको भावनाका साथ उद्धार, राहत र पुनःनिर्माणको अभियानमा जुटेको इतिहास स्मरण गर्न र गराउन चाहन्छु ।

हामी अहिले विश्वव्यापी महाविपद-भिड–१९को महामारीविरुद्धको लडाइँमा छौँ । सङ्कटै सङ्कटको गर्भबाट गुज्रँदै समाधानको बाटो हिँडेको हाम्रो गौरवशाली इतिहास र आजको दिन कोभिड-१९ले निम्त्याएको महासङ्कटमाथि विजय प्राप्त गर्न हामी सबैलाई अवश्य प्रेरणा दिनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ ।”

सन्देशमा मुख्यमन्त्री गुरुङले उपचारको विश्वसनीय विकल्पको आविष्कार भइनसकेको वर्तमान अवस्थामा यस रोगको सङ्क्रमणबाट जोगिन पूर्व सतर्कता अपनाउनु सबैका लागि अपरिहार्य हुन गएको र लकडाउनको पूर्ण पालनासहित सङ्क्रमणबाट बच्ने उपायका सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनले जारी गरेका निर्देशन र सूचनालाई व्यवहारमा पूर्ण कार्यान्वयन गर्नका लागि समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति: Apr 24, 2020

प्रतिक्रिया दिनुहोस्