आफ्नै पार्टीको दल फुट्ने भएपछी ओलीद्वारा राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता
आफ्नै पार्टीको दल फुट्ने भएपछी प्रधानमन्त्री केपि शर्मा ओलीको ठाडो प्रस्तावमा राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरिएको छ ।
चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
यता नेकपा फूटाउनेदेखि दलका नेता ओली विरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव समेत दर्ता गराउने तयारी भइरहेको छ ।
उच्च स्रोतका अनुसार अध्यादेश फिर्ता भएपनी दलको नेताबाट ओलीलाई हटाउने गरि अविश्वासको प्रस्ताव दर्ता गराउने गृहकार्य जारी रहेको हो ।