Logo
४ आश्विन २०८१, शुक्रबार
(April 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिक्सासम्बद्ध श्रमिक लकडाउनकाे मारमा, अलपत्र मजदुरकाे व्यवस्थापन गर्न माग

रिक्सासम्बद्ध श्रमिक लकडाउनकाे मारमा परेका छन् । नेपाल अटो रिक्सा, ई रिक्सा तथा रिक्सा ठेला सम्बद्ध श्रमिक संघका अध्यक्ष खिलनाथ बस्नेतले एक विज्ञप्ति जारी गर्दै लकडाउनले श्रमिकहरूकाे अवस्था नाजुक भएको बताउँदै उचित राहतको व्यवस्था तत्काल गर्न माग गर्नुभएको छ ।

अन्य मागहरू यस्ता छन् !

१) अटो रिक्सा ई रिक्सा तथा रिक्सा ठेला क्षेत्रका श्रमिकहरुलाई राहात प्याकेजको घोषणा गरेको भएतापनि कामको शीलशीलामा देश भरीको चोकचोकमा फसेर बस्नु भएका मजदुर साथीहरुको खानपानको व्यवस्थापन गरियोस

२) अत्यावश्यक सेवामा कार्यरत स्वाथ्यकर्मी, अम्बुलेन्स चालक लगायत सबैलाई पर्याप्त तथा गुणस्तरीय स्वाथ्य सामाग्रीहरु उपलब्ध
गराउने भनि घोषणा गरिए झै आपूर्ति व्यवस्था तथा सफाई क्षेत्रमा कार्यरत श्रमिकहरुलाई पनि सो सुविधा उपलब्ध गराइयोस

३) श्रमिकहरुलाई कोभिड १९ बाट सुरक्षित बनाइयोस

४) घोषित समयावधीको लक डाउनलाई कडीकडाउकासाथ पालना गरियोस।

५) दैनिक उपभोग्य वस्तुहरु सहज तथा व्यवस्थीत तवरबाट प्राप्तहने व्यवस्था मिलाईयोस।

६) सबै श्रमिकहरुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता गरियोस

७) सबै अटो रिक्सा, ई रिक्सा तथा रिक्सा ठेला श्रमिकहरुको विगतको बाईपाई आएको पारिश्रमिक तथा सुविधाको सुरक्षा गरियोस

८)सरकारबाट आगामी अर्थतन्त्र सवल बनाई श्रमिकहरुको सुरक्षा हुने नितीतर्जुमा गरियोस

९)लकडाउन अवधीभर घरघरमा रहेको अटो रिक्सा, ई रिक्सा तथा रिक्सा ठेला, पर्यटन सफाई, हवाई यातायात श्रमिकहरुको सरकारबाट घोषित राहत संघको परिचयपत्रको आधारमा वडा कार्यलयशरुबाट सहज तरिकाबाट पाउने व्यवस्था गरियोस

१०) स्वरोजगार अटो रिक्सा ई रिक्सा ठेला सिमेन्ट डन्डी व्यवसायी श्रमिकहरुको लगानी गरिएको सवारी साधानमा नकडाउन अवधी भरको व्याज छुट गरियोस

११) वैदेशीक रोजगारीमा रहेको अटो रिक्सा, ई रिक्सा तथा रिक्सा ठेला गाडा सिमेन्ट डन्डी श्रमिकहरुको स्वास्थ्य सुरक्षाको निगरानी त्यहाँ रहेको देशको कुटनैतिक दुताबास मार्फत ध्यान दिईयोस

प्रकाशित मिति: Apr 24, 2020

प्रतिक्रिया दिनुहोस्