मन्त्रिपरिषद्को बैठक सुरु, अध्यादेश र लकडाउनको बारेमा निर्णय गर्ने सम्भावना
आज शुक्रबार यतिबेला मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विवादित बनेको अध्यादेश र लकडाउनको बारेमा निर्णय लिने सम्भावना छ ।
यस्तै लकडाउनको अवधि थप्ने या प्रभावित ठाउँमा मात्रै कडाइ गरेर अन्यत्र खुकुलो गर्ने भन्नेबारेमा पनि बैठकले निर्णय गर्नेछ ।
बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।