भोजपुरमा पनि भेटिए कोरोना संक्रमित, अब जम्मा संक्रमितको संख्या पुग्यो ४८
प्रदेश १ मा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । भोजपुरका २६ वर्षीय पुरूष फागुन ३० मा साउदी अरबबाट नेपाल आएका थिए । यो संगै अब जम्मा संख्या ४८ पुगेको छ ।
भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका हुन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ ।
उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन ।
यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरूमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।
बिहीबारमात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको थियो ।